ad ad

राजनीति


दाङ–२ मा एमाले महासचिव पाेखरेलसँग थप अग्रता बढाउँदै माओवादी नेतृ शर्मा

दाङ–२ मा एमाले महासचिव पाेखरेलसँग थप अग्रता बढाउँदै माओवादी नेतृ शर्मा

शंकर पाेखरेल र रेखा शर्मा।


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २१:३५, काठमाडौँ

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँगको मतान्तर माओवादी नेतृ रेखा शर्माले अरु बढाएकी छन्। 

पछिल्लो मत गणना अनुसार शर्मा १ हजार ९ सय १२ मतान्तले अगाडि छिन्। 

शर्माले १० हजार ५ सय ६० मतसहित अग्रता लिँदा एमाले महासचिव पोखरेलले ८ हजार ६ सय ४८ मत प्राप्त गरेका छन्। 

सोमबारदेखि अग्रता लिँदै गएकी शर्माले मंगलबारको प्रत्येक गणनामा महासचिव पोखरेलसँगको मतान्तरमा बृद्धि गर्दै लगेकी छन्। 

सोमबारदेखि सुरु भएको मतगणनाका क्रममा मंगलबार बिहानसम्म १ हजार भन्दा बढी मतअन्तरले अग्रता लिएकी शर्माले मंगलबार साँझ १ हजार ८ सय भन्दा बढीको मतअन्तर बनाएकी थिइन्।  

सोमबार दिउँसो र रातभरको गणनाबाट मंगलबार बिहानसम्म नेतृ शर्मा एमाले महासचिव पोखरेलभन्दा १ हजार ३२ मतले अगाडि थिइन्। नेतृ शर्माले ५ हजार ३ सय ९४ मत प्राप्त गर्दा महासचिव पोखरेललाई प्राप्त मत ४ हजार ३ सय ६२ थियो।

मंगलबार बिहान दोस्रो पटक सार्वजनिक भएको मतगणना परिणाममा सबैरैको भन्दा बढाएर शर्माले १ हजार ३ सय ५२ को मतान्तर बनाइन्। 

यतिबेलासम्म शर्मालाई ६ हजार ५ सय ६० र महासचिव पोखरेललाई ५ हजार २ सय ८ मत प्राप्त भएको थियो। 

तर, मंगलबार मध्याह्न सार्वजनिक मतगणनामा उनले थप ३ सय भन्दा बढीको मतअन्तर कायम गरिन्। त्यसक्रममा शर्माले ७ हजार ५ सय ११ र पोखरेलले ७ हजार ७ सय ५३ मत प्राप्त गरेका थिए। 

मतगणनामा झण्डै उही मतअन्तर कायम गरेकी थिइन्। जसअनुसार महासचिव पोखरेलले ६ हजार ८ सय ८ मत प्राप्त गर्दा शर्मालाई ८ हजार ६ सय १६ मत प्राप्त भएको यियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .