राजनीति


गण्डकीमा चर्चित अनुहार नै धर्मरमा, प्रारम्भिक परिणाममा प्रचण्ड अगाडि, चित्रबहादुर पछाडि

गण्डकीमा चर्चित अनुहार नै धर्मरमा, प्रारम्भिक परिणाममा प्रचण्ड अगाडि, चित्रबहादुर पछाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:१६, पाेखरा

गण्डकीका सबैजसो निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार राजधानी कास्कीको प्रतिनिधिसभातर्फको २ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि देखिँदा अन्य क्षेत्रमा भने सत्ता गठबन्धनका उम्मेदवारले नै अग्रता कायम गरेका छन् ।

गण्डकीको १८ वटा क्षेत्रमध्ये २ वटाको परिणाम आइसकेको छ भने बाँकी १६ वटामध्ये गोरखामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, तनहुँका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, २ मा कांग्रेसकै शंकर भण्डारी, बागलुङ क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी नेता देवेन्द्र पौडेल, लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कास्की १ मा एमालेका मनबहादुर गुरुङ, स्याङ्जामा कांग्रेसका राजु थापा, पर्वतमा कांग्रेसका अर्जुन जोशी अगाडि देखिएका छन्। 

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल र योगराज पौडेल अगाडि छन्। कास्की प्रदेश नम्बर २ को ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले प्रारम्भिक अग्रता कायम गरेका छन्।

कास्कीको क्षेत्र नम्बर ३ को ‘क’मा एमालेका गणेशमान गुरुङ अगाडि देखिएका छन्। गण्डकीमा प्रतिनिधिसभातर्फ १९ र प्रदेशसभातर्फ प्रत्यक्षमा ३६ सिट रहेका छन्। यद्यपि, मतदाताले देखाएको नयाँ रुझानले चर्चित नेताहरुको विजय यात्रा पनि धर्मराएको छ। उनीहरु सशंकित देखिन्छन्।

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पछाडी परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad