राजनीति


गगन थापा २ हजार बढी मतअन्तरले अगाडि

गगन थापा २ हजार बढी मतअन्तरले अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २१:५५, काठमाडौँ

काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा २ हजारभन्दा बढी मतको अन्तरले अगाडि बढिरहेका छन्। 

बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १० र ११ नम्बर वडाहरुमा खसेका मतको गणना सम्पन्न हुँदा उनी २ हजार १३१ मतका साथ अगाडि छन्। 

पछिल्लो मत परिणामअनुसार उनले ८ हजार ७८६ मत पाएका छन्। उनका चिरपरिचित प्रतिद्वन्द्वी डा. राजन भट्टराईले ६ हजार ६५५ मत ल्याएका छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि थापा र भट्टराईबीच नै प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा थापा २१ हजार ५५८ मतसहित विजयी भएका थिए। भट्टराईको पक्षमा १८ हजार १४० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .