ad ad

राजनीति


मोरङ, प्युठान र बर्दियाको मतगणना भोलिबाट

मोरङ, प्युठान र बर्दियाको मतगणना भोलिबाट

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २२:२९, काठमाडौँ

मोरङ, प्युठान र बर्दियामा भोलि सोमबारबाट मात्र मतगणना हुने भएको छ।

प्युठानमा ५५ प्रतिशत मत खसेको छ। 

६ निर्वाचन क्षेत्र रहेको मोरङमा मतदानस्थलबाट मतपेटिका संकलन जारी छ। मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि सोमबार बिहानबाट मात्रै मतगणना गर्ने सहमति जुटेको हो।

मोरङमा ६४ प्रतिशत मत खसेको छ। 

उता बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा सोमबार बिहान १० बजेदेखि मात्रै मतगणना सुरु गर्ने राजनीतिक दलहरुबीच सहमति जुटेको छ। 

मतगणनाबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बोलाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .