कर्णाली प्रदेशका धेरैजसो जिल्लामा मतदान प्रक्रिया सकिएको छ। आइतबार देशैभर एकै पटक भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा मतदान प्रक्रिया सकिएको हो।
कर्णालीका १० जिल्लामध्ये मुगु, हुम्लामा केही विवाद भएको थियो। तर उक्त विवाद समाधानपछि स्थगित मतदान केन्द्रमा पनि पुन: मतदान भएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमाको मतदान केन्द्रको मतदान प्रक्रिया दिउँसोदेखि नै स्थगित भएको छ।
यस्तै, जारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कर्णाली केही मतदान केन्द्रमा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान सम्पन्न भएको निर्वाचन आयोगको कर्णाली प्रदेशको कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय हुम्लाका अनुसार हुम्लाका केही मतदान केन्द्रमा झडप भए पनि मतदान सम्पन्न भएको छ। भने त्याहाँको मतपेटिका मतगणना स्थलतर्फ लग्न लागिएको हुम्लाका निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए।
यस्तै, अन्य जिल्लाको प्राप्त जानकारी अनुसार दैलेखमा ६० प्रतिशत, हुम्लामा ६२ प्रतिशत, मुगुमा ६६ प्रतिशत, डोल्पामा ६५ प्रतिशत, जाजरकोटमा ५६ प्रतिशत, सल्यानमा ५२ प्रतिशत र रुकुम पश्चिममा ५० प्रतिशत र सुर्खेतमा ६० प्रतिशत भन्दा बढी मत खसेको छ।
प्रारम्भिक जानकारी अनुसार प्रदेश भर करिब ६० प्रतिशित आएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए। चालिसेले मतदान सम्पन्न भइ मतपेटिकाको मुचुल्का तयार गरी ढुवानीको तयारी भइरहेको बताए।
यस्तै, स्थगित भएको मतदान निर्वाचन आयोगले पुनः मिति तोक्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल देवकोटाले जानकारी दिए।
Shares

प्रतिक्रिया