राजनीति


नेपाली सेनाका तीन उपरथीको सरुवा

नेपाली सेनाका तीन उपरथीको सरुवा

नेपालखबर
पुस ३, २०७६ बिहिबार १६:१३,

नेपाली सेनाका तीन जना उपरथीहरुको सरुवा भएको छ। 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली सेनाका तीन जना उपरथीहरुको सरुवा र एक जना सहायकरथीलाई उपरथीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिएका छन्।उपरथीहरु प्रभुराम शर्मा, राजेन्द्र कार्की र रघु भण्डारीको सरुवा भएको हो।

युद्धकार्य महानिर्देशनालयका महानिर्देशक रहेका उपरथी शर्मालाई संभाररथी विभाग, सम्भारमा रहेका भण्डारीलाई निती विभागमा र निती तथा योजना महानिर्देशनालयमा रहेका कार्कीलाई युद्धकार्य महानिर्देशकमा सरुवा गरिएको हो।

त्यसैगरी सेनाका सहायकरथी निर्मलकुमार थापालाई उपरथीमा बढुवा गरिएको छ। उनी यसअघि सेनाको सैनिक सचिवको रुपमा कार्यरत थिए। सेनाका महासेनानी नारायण सिलवाललाई सहायकरथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरिएको छ। सेनाका महासेनानी दिप सिंह र प्रावाधिक महासेनानी डा अमित जोशीको राजिनामा समेत स्विकृत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad