प्रतनिधिसभा र प्रदेशसभा निर्वाचनक लागि देशैभर धमाधम मतदान सुरू भएको छ। संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्।
जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिँदै छन्। अर्कातिर मतदाताले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनप्रतिनिधि समानुपातिक निर्वाचन प्रणालीबाट छान्दैछन्।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २ हजार ४१२ र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार प्रतिष्पर्धामा छन्।
शीर्ष तहका नेताहरुले बिहानै मतदानस्थलमा पुगेर मतदान गरिरहेका छन्। सामाजिक सञ्जालमाफर्तम मतदान गरेका तस्बिर र भिडिओहरु सार्वजनिक हुने क्रम सुरु भएको छ।
चुनावमा खटिएका कर्मचारीले आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने छन्।
देशभर भइरहेको मतदानका केही तस्बिरहरुः
प्रतिक्रिया