ad ad

राजनीति


रक्सी खुवाउन १५ लाख लाग्यो भनेपछि दीपक मनाङेलाई २५ हजार जरिवाना

रक्सी खुवाउन १५ लाख लाग्यो भनेपछि दीपक मनाङेलाई २५ हजार जरिवाना

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १४:१५, काठमाडौँ

मंसिर ४ को निर्वाचनमा मनाङ प्रदेश सभा 'ख' बाट निर्विरोध निर्वाचित भइसकेका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई निर्वाचन आयोगले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। 

आयोगले स्वतन्त्रबाट निर्विरोध विजयी उनलाई रक्सीबारे दिएको अभिव्यक्तिलाई लिएर २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय लिएको हो।

गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउनै नपुग्ने भनेपछि आयोगले गत कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो। 

गुरुङले निर्वाचन खर्चबारे ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको थियो। 

तर उक्त प्रकरणमा मनाङेले दिएको जवाफमा चित्त नबुझेको भन्दै आयोगले उनलाई कारवाही गरेको हो। 

गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ को लागि तोकिएको खर्चको सीमा २३ लाख मात्रै छ।

त्यहीकारण उनलाई आयोगले सोधेको थियो, ‘तपाईंले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेश सभा ‘ख’ को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाख भित्र हुनुपर्छ, पर्दैन? यदि तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेश गर्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .