निर्वाचन आयोगले मतदातालाई असर पर्नेगरी सुकुम्बासी बस्ती नहटाउन चेतावनी दिएको छ।
यदी त्यसो गरिए कारबाही गर्ने आयोगको चेतावनी छ।
बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने बताएका हुन्।
काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीमा घर टहरा हटाउन भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले एक सूचना प्रकाशित गरेको थियो। त्यसविरुद्ध बिहीबार सुकुम्बासीहरु सडकमा उत्रिएका छन्।
आयोगले मतदातालाई प्रभावित पार्ने कुनै पनि काम नगर्न सरकारलाई निर्देशन दिएको छ।
54
Shares

प्रतिक्रिया