नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुसँग मित्रवत प्रतिष्पर्धा भइरहेका निर्वाचन क्षेत्रमा बलियो अवस्थामा रहेका उम्मेदवारको पक्षमा सहमति खोज्न मातहतलाई निर्देशन दिएको छ।
केन्द्रीय कार्यालय सानेपाले बिहीबार मतहतका कार्यसमितिहरुलाई परिपत्र गरेर मित्रवत प्रतिष्पर्धा भइरहेका निर्वाचन क्षेत्रमा बलियो अवस्थामा रहेका उम्मेदवारको पक्षमा सहमति खोज्न मातहतलाई निर्देशन दिएको हो।
‘गठबन्धन दलहरुबीच मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय भएका निर्वाचन क्षेत्रमा जुन दलको उम्मेदवार बलियो देखिएको छ उसका पक्षमा सहमति खोज्नसमेत निर्देशानुसार सबैमा अनुरोध छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ।

36
Shares

प्रतिक्रिया