राजनीति


सुनसरी ४ (२) मा लोसपाका सन्तोष मेहताको उम्मेदवारी खारेज

सुनसरी ४ (२) मा लोसपाका सन्तोष मेहताको उम्मेदवारी खारेज

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १६:५१, काठमाडौँ

निर्वाचन आयोगले यही मंसिर ४ मा हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा उठेका एकजनाको उम्मेदवारी खारेज गरिदिएको छ। 

सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा उठेका लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेजीमा परेको हो। 

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएका थिए।

तर उनले त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उम्मेदवारी अयोग्य ठहर भएर खारेजीमा परेको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad