राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुभेच्छुकहरूलाई अब आर्थिक सहयोग नपठाउन आग्रह गरेका छन्। निर्वाचन आयोगले तोकेको खर्च सीमा अनुसार २५ लाख रकम उठिसकेको बताउँदै मिश्रले अब आर्थिक सहयोग पठाउन नपर्ने शुभेच्छेकहरूलाई बताएका हुन्।
‘मैले गत २०७४ को चुनाव पनि आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन आयोगले तोकिदिएको २५ लाख रूपैयाको खर्च सीमाभित्र बसेर राम्रैसँग प्रतिष्पर्धा गरेको थिएँ,’ मिश्रले भनेका छन्,‘यस पटक पनि त्यसमा म उत्तिकै प्रतिवद्ध छु। मैले चुनावी अभियानका लागि आर्थिक सहयोग गरिदिन केही हप्ता अगाडी सार्वजनिक अपील गरेकोमा मलाई विश्वास गर्ने धेरै सहृदयी शुभेच्छुकहरूले गच्छे अनुसारको सहयोग गर्नुभएको छ। र, यसरी करिब २५ लाख रूपैया जुटिसकेको छ।’
आफूले सामाजिक सञ्जालमाफर्त भिडिओ सन्देश जारी गरेर अब रकम नपठाउन अपिल गरेको बताएका छन्।
Shares

प्रतिक्रिया