ad ad

राजनीति


नागरिक समाज र स्वतन्त्र अगुवाको पैदल यात्रामा एमाले अध्यक्ष ओली

नागरिक समाज र स्वतन्त्र अगुवाको पैदल यात्रामा एमाले अध्यक्ष ओली

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १३:४०, काठमाडौँ

नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन्। मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए। 

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन्। 

उनीहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन्।

पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बनेका थिए। पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहेको थियो।

पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गरे।

पैदल यात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फुलमालाले स्वागत गरेका थिए। निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तिब्र पारेका छन्। यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा ब्यस्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .