राजनीति


बागी उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षलाई कारबाही

बागी उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षलाई कारबाही

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ८:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन्। रावलले रुकुम पूर्वबाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि बागी उम्मेदवारी दिएका थिए। 

अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ। 

‘यही २०७९ मंसिर ४ गत्ते सम्पन्न हुन गइरहेको संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन दलहरु बीच भएको सहमति विपरीत लुम्बिनी प्रदेश रुकुम (पूर्व) ‘ख’मा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्वमा उम्मेदवारी दिएर पार्टी र संगठनको हित विपरीत गतिविधिमा सहभागी भएको कारण संगठनका केन्द्रीय उपाध्यक्ष कमरेड केशव रावल लाई संगठनको सम्पुर्ण जिम्मेबारीबाट मुक्त गरिएको ब्यहोरा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरीएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं। २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन्।

यहाँनेकपा एमालेकी भावना बुढाथोकी उम्मेदवार छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .