अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच तीन घण्टा लामो भेटवार्ता समाप्त भएको छ। इन्डोनेसियाको बालीस्थित मुलिया होटलमा उनीहरुबीच वार्ता भएको थियो।
सी सोही होटेलमा बसेका छन्। सीसँग भेटपछि बाइडेन आफू बसेको ग्य्रान्ड ह्यात होटल फर्किसकेका छन्। जहाँ उनले पत्रकार सम्मेलन गर्दैछन्।
उनीहरुबीच पहिले तय भएकोभन्दा लामो समय वार्ता भएको हो।
भेटमा बाइडेनले आफूहरु चीनसँग दृढतापूर्वक प्रतिस्पर्धा गरिरहेने तर सो प्रतिस्पर्धाले द्वन्द्वको रुप लिन नहुने स्पष्ट पारे।
त्यस्तै बाइडेनले युक्रेनमाथि रुसी आक्रमणको कुरा उठाउँदै आणविक युद्ध हुन नहुने उल्लेख गरे। जसमा समर्थन जनाउँदै सीले युक्रेन मामिलामा अमेरिका र पश्चिमा मुलुकहरुले रुससँग वार्ता गर्नुपर्ने बताए।
त्यसबाहेक उत्तर कोरिया, ताइवानका विषयमा पनि कुरा भएको जनाइएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने पनि तय भएको बताइएको छ। बीबीसी
Shares

प्रतिक्रिया