ad ad

राजनीति


गठबन्धनको निष्कर्ष : कर्णालीमा दुईतिहाइ बहुमत ल्याउँछौँ

गठबन्धनको निष्कर्ष : कर्णालीमा दुईतिहाइ बहुमत ल्याउँछौँ

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १५:३६, सुर्खेत

सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशभर दुईतिहाइ बहुमत ल्याउने निष्कर्ष निकालेको छ। 

सोमबार बिहान गठबन्धनले वीरेन्द्रनगरमा पत्रकार सम्मेल गर्दै दुईतिहाइ बहुमत ल्याउने दाबी गरेको हो।

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी नौ सदस्यीय निर्वाचन परिचालन तथा अनुगमन समितिले १० जिल्लामा अनुगमन तथा निरीक्षणपछि दुईतिहाइ ल्याउने निष्कर्ष निकालिएको हो। 

माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीको संयोजकमा बनेको समितिले प्रदेशका १० वटै जिल्लामा वस्तुस्थिति बुझेर आन्तरिक समस्या भएको ठाउँमा सहजीकरण गरेको थियो।

उक्त समितिले प्रतिनिधि सभाका १२ वटा र प्रदेशसभाका २४ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको पक्षमा उत्साहजनक सहयोग मिलेको जनाएको छ।

त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरु एकजुट भएर चुनावी गतिविधिमा सक्रिय भएपछि बहुमत ल्याउने निष्कर्ष पनि उनीहरुको छ।

माओवादी कर्णाली अध्यक्ष केसीले गठबन्धनले न्युनतम दुईतिहाइ बहुमत आउने ठोकुवा गरेकी छन्। 
अनुगमन समितिले सुरुमा रुकुम पश्चिम, त्यसपछि सल्यान, जाजरकोट, सुर्खेत, हुम्ला, जुम्ला, कालिकोट लगायतमा गएर निरीक्षण गरेको थियो। 

समितिले गठबन्धनका उम्मेदवारलाई जिताउनका पहल र आन्तरिक समस्या समाधानमा सहजीकरण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .