ad ad

राजनीति


गठबन्धन हप्ता दिने म्यादी, चोक्टा खान गएका प्रचण्ड झोलमा डुबिसके : केपी ओली

गठबन्धन हप्ता दिने म्यादी, चोक्टा खान गएका प्रचण्ड झोलमा डुबिसके : केपी ओली

सुर्खेतमा आयोजित चुनावी सभामा केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १८:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको मिति पुग्न लागेको बताएका छन्। 

सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

सत्ता गठबन्धनका मान्छे के बिजनेस गर्छन्, बिना ढेउवाके!', उनले भने, ' माधव नेपालले के भने विदेश जानेसँग एमालेहरुले एक एक लाख लिँदै रहेछन् अनि मैले पैसा तिर्नु पर्दैन भनेको हो। तर अहिले सरकार कसको छ?'

उनले बारा क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठले युवाहरुलाई बोलाएर अलपत्र पारेको स्मरण गराए। 'त्यहाँ अलपत्र पार्ने एमाले हो? माधव नेपाल यस्ता झुट क्रियाकलाप नगर्नुस्', उनले भने, 'तर उहाँहरुले साँचो बोलेर पार लाग्दैन। पार्टी खोल्नु भएको छ तर त्यो चोइटो मंसिर ४ गतेसम्मका लागि हो।'

उनले यो सरकार हप्ता दिने म्यादी भएको बताए। 'यहाँ म्यादी भाइबहिनी हुनुहुन्छ। उहाँहरु त ४० दिनसम्म रहनु हुन्छ। तर यो सरकारको म्याद सकियो। यो समय गुज्रिएको औषधि हो। यो सरकार यो नक्कली औषधि थियो। त्यसमा टाँसेको लेबलको मिति पनि सकियो।' 

उनले एमालेले आगामी दिनका लागि २० ग्यारेन्टी गरेको पनि बताए। 'हजारको नोटमा लेखे जस्तै हामीले पनि ग्यारेन्टी गरेका छौँ', उनले भने, 'देशको विकास र जनताको समृद्धिका लागि एमाले ग्यारेन्टी लिएर चुनावी मैदानमा छ।'

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई बिगार्न नसकेपछि कोदालो लिएर घर् फर्किएको बताए।

'एमाले समुद्र हो, समुद्रमा केही लोटा धमिलो पानि हाल्दा फरक पर्दैन', उनले भने, 'एमालेलाई बिगार्न नसकेपछि प्रचण्ड कोदालो बोकेर घर फर्किए, उनको घर कहाँ रहेछ थाहा भयो नि!'

उनले २०७४ मा ३६ सिट ल्याएको माओवादी यो चोटी झोलमा डुबेर मर्ने बताए। '३६ सिट ल्याउनु भएको थियो। तर यो पटक चोक्टा खान जानु भएको, झोलमा डुब्नु भयो। उहाँ कांग्रेस बोक्न काँध बलियो पारेर जानु भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .