ad ad

राजनीति


ईश्वर पोखरेलमाथि प्रदीप पौडेलको आरोप : महामारीमा जनतालाई लुट्नुभयो

ईश्वर पोखरेलमाथि प्रदीप पौडेलको आरोप : महामारीमा जनतालाई लुट्नुभयो

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन्। 

काठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धी पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको बताए।  


‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु। तपार्इंले अवसर पाउनुभयो, एक पटक होइन पटकपटक। तर तपार्इंले केही पनि गर्न सक्नुभएन,’ पौडेलले भने। 

शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए। आफूले जिते जनताको जीवनस्तर उकास्ने र गरेका बाचा पुरा गर्ने उनको भनाइ थियो।

‘तपार्इंले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो,’ उनले भने,  ‘त्यसकाराण तपार्इंको पालो पुग्यो, अब हामीलाई मौका दिनुहोस्। हामीलाई अवसर दिनुस्। हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउनेछौँ।’ 

त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे।

स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै आएको तर आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको बताए।
 
‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु। तपार्इंहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो। तपाइस्ंहरुलाई स्यालुट गर्न चाहन्छु। म यो पनि भन्न चाहन्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन्,’ उनले भने। 

निर्वाचनका बेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिँजाएको भन्दै उनले त्यसको जवाफ पनि दिएका छन्।

उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .