ad ad

राजनीति


काठमाडौं–१ का एमाले उम्मेदवार भन्छन्– प्रत्येक दिन बिहान २ घन्टा मतदातासँग बस्छु

काठमाडौं–१ का एमाले उम्मेदवार भन्छन्– प्रत्येक दिन बिहान २ घन्टा मतदातासँग बस्छु

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १४:२६, काठमाडौँ

नेकपा एमालेका नेता किरण पौडेलले आफ्नो निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले शनिबार चुनावी प्रचारुका क्रममा ,आफू विजयी भएसँगै जनताको सेवामा तल्लिन रहने बताएका हुन्। 

अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन् र कसका निम्ति हिँड्दैछन् भन्ने कुराको महसुस समेत जनताले गर्न नपाएको बताउँदै नेता पौडेलले आफू निर्वाचित भएपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्ने प्रतिवद्धता जनाए। 

‘चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ। अब निर्वाचित भएपछि हाम्रो घरदैलो शुरु हुन्छ,’ पौडेलले भने, ‘निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ,’ नेता पौडेलले भने। 

आफ्नो जितसँगै काठमाडौं १ का मतदाताहरुमा चर्किरहेको घाउलाई निको पारेर जनताका चासो,  रोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा आफ्नो दल रहेको समेत उनले जिकिर गरे।

‘आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरुले अनुभव गरिरहनुभएको छ,’ उनले भने, ‘त्यसले गर्दा १५ वर्षदेखि यहाँका  तदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौँ।’

नेता पौडेलले काठमाडौं १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .