राजनीति


प्रधान सेनापति शर्माद्वारा दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण

प्रधान सेनापति शर्माद्वारा दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १९:१२, काठमाडौँ

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ को सुरक्षा व्यवस्था निरीक्षणको क्रममा प्रधान सेनापति प्रभुराम शर्माले खोटाङ जिल्लाको दिक्तेलस्थित श्री गोरखनाथ गणको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको वस्तुस्थिती, आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजना कार्यान्वयन लगायत विविध पक्षबारे जानकारी हासिल गरे। साथै सकलदर्जालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन पनि दिए।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गरेका थिए।

आजै, प्रधान सेनापति शर्माले भक्तपुर जिल्लाको नगरकोटस्थित श्री नेपाली सैनिक वार कलेजको निरीक्षण भ्रमण गरी कलेजको वस्तुस्थिती लगायत विविध पक्ष बारे जानकारी हासिल गरी आवश्यक निर्देशन दिएका जंगी अड्डाले जनाएको छ। 

सोही क्रममा, प्रधान सेनापति शर्माले उक्त कलेज हाताभित्र निर्माण गरिएको पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक अनावरण एवं एकता बाटिका, भंगेरी ग्रिन तथा भंगेरी मचानको उद्घाटन गरे।

निरीक्षणको अवसरमा प्रधान सेनापति शर्माले श्री नेपाली सैनिक वार कलेजद्वारा तयार पारिएको इन्फ्रेन्ट्री जर्नल ११ औं संस्करणको विमोचन तथा कलेज हाताभित्र वृक्षारोपण गरी कलेजमा कार्यरत सकलदर्जालाई सम्बोधन समेत गरे।

सोही क्रममा, प्रधान सेनापति शर्माले भक्तपुर तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट तथा छलफल समेत गरका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad