नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको खुलाएका छन्।
एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत बताए। धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताए।
‘एउटा नियम के छ भने एउटा स्याल एकठाउँमा करायो भने जहाँसुकै भएपनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन्। एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो। उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले।’
आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको बुझाई छ।
‘मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आद्यन्दोलनलाई बलिाये बनाउने अभियान थालेको छु। सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं,’ ओलीले भने, त्यो घोषणापत्र चुनावपछि सोृही नीति अनुसारको बनाएर कार्यक्रम लागु गर्छौं भनेर तालमेल गर्यौं। दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो। तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकुल, कम्फर्टेबल वाला।’
उनले हेदौहेर्दै आफूलाई सडकबाटै साधरण सदस्य समेत नरहने गरी निश्कासन गरेको उल्लेख गरे। ‘हेर्दाहेर्दै सडकबाट निर्वाचित अध्यक्षलाई सडकबाट साधरण सदस्यपनि नरहनेगरी निश्कासन गरे,’ ओलीले भने, ‘एमाले सिद्याउने षडयन्त्र थियो, तर एमाले ९३ सालदेखिको संगठनात्मक इतिहास, आन्दोलनको इतिहास बोकेको पार्टी हो त्यो हुन दिइँदैन।’
Shares

प्रतिक्रिया