ad ad

राजनीति


सन् २००४ मा शुरु भएको एमसिसी र २०१७ मा आएको इन्डो प्यासिफिक रणनीति फरक हुन् : परराष्ट्रमन्त्री

सन् २००४ मा शुरु भएको एमसिसी र २०१७ मा आएको इन्डो प्यासिफिक रणनीति फरक हुन् : परराष्ट्रमन्त्री

नेपालखबर
पुस २, २०७६ बुधबार १२:२८,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो प्यासेफिक रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पुरै रुपमा एउटै नभएको दाबी गरेका छन्।

नेकपाको जारी स्थायी समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले एमसिसीमार्फत् आउने सहयोग लिने नेपालको नीतिको बचाउ गरेका हुन् ।

‘एमसिसी सन् २००४ देखिकै विषय हो। इन्डो प्यासेफिकको विषय सन् २०१७ बाट मात्र आएको हो,’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने। ‘ती दुई विषयलाई फरक ढंगले हेर्नुपर्छ।’

सो बैठकमा बोल्दै ज्ञवालीले नेपाल कुनै पनि सैनिक गठन्धनमा सहभागी नहुने बताए। नेपालले एमसीसीमार्फत् अमेरिकासँग ५० करोड अमेरिकी डलर लिने सहयोग कार्यक्रममाा सम्झाैता अगाडी बढाएको छ।साे सम्झाैता संसदबाट पारित गर्नुपर्नेमा नेकपा नेताहरु देव गुरुङ, भीम रावल लगायतले बिरोध गरेपछि सो विवाद अहिले नेकपामा चर्किएको छ।

बैठकमा उनले इन्डो प्यासेफिक रणनीतिमा समेत नेपाल सहभागी नभएको बताए। तर अन्य सदस्यहरुले नेपाल र श्रीलंकालाई अमेरिका कै रक्षा मन्त्रालयको प्रतिवेदनले इन्डो प्यासेफिक रणनीतिको सदस्यहरू भएको भनी लेखेकोबारे समेत प्रश्न गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .