ad ad

राजनीति


बालेन्द्रलाई आयोगको स्पष्टिकरण : आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?

बालेन्द्रलाई आयोगको स्पष्टिकरण : आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह।


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १७:४८, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ।  विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसार गरेको भन्दै आयोगले शाहलाई स्पष्टिकरण सोधेको हो। 

आयोगले हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा ध्यानाकर्षणसहित पत्र पठाएको हो।

‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड ९ट० को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?’ आयोगको स्पष्टीकरणमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .