प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार कोमल वलीलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ।
निर्वाचन प्रचार प्रचार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गरेको भन्दै वलीलाई आयोगले स्पष्टिकरण सोधेको हो।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा ९१० को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ भएको आयोगले स्पष्टिकरणमा उल्लेख गरेको छ।
‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?’ आयोगको स्पष्टीकरणमा भनिएको छ।
पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन आयोगले निर्देशन समेत दिएको छ।
Shares
प्रतिक्रिया