ad ad

राजनीति


एमालेले झुटको खेती गरेर जनता झुक्याउने काम गर्‍याे : मन्त्री कार्की

एमालेले झुटको खेती गरेर जनता झुक्याउने काम गर्‍याे : मन्त्री कार्की

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १७:१७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन्।

शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाएका हुन्। मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको पनि बताए। 

सत्ता गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका काँग्रेस नेता कार्कीले ओलीउपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए। मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।

‘नेपालमा एउटा पार्टी छ, नेकपा एमाले भन्ने जुन पार्टीले नेपाली जनतालाई सधैँ झुटो, पूरा नहुने सपना देखाएर नेपाली जनतामा नैराश्यता ल्याउने काम गर्दछ। हामी जे बोल्छौँ त्यो गर्छौं,’ उनले भने, ‘नेकपा एमाले भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन। जे भन्छ, त्यो गर्दैन।’

केपी ओली प्रधानमन्त्री हुने बित्तिकै उनको ध्यान निर्वाचनको ताका जनताका अघि गरेका वाचाहरुलाई पूरा गर्नमा नजाने उनले ठोकुवा गरे। ‘संविधानले प्रदान गरेका हक र अधिकारलाई कुण्ठित गरेर सबै हक र अधिकार आफ्नो मुठिमा रख्ने प्रयत्नमा लाग्नुभयो। अहिले हामी गठबन्धनको संस्कृतिलाई अघि बढीरहेको छ।’ मन्त्री कार्कीले भने।

मन्त्री कार्कीले नेपाली काँग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गरे। उनले अहिले गठबन्धनको संस्कृतिलाई अघ बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .