राजनीति


प्रकाशमान सिंहको आरोप : यसअघि सरकारमा रहेकाहरू संविधान मास्न मात्रै लागिपरे

प्रकाशमान सिंहको आरोप : यसअघि सरकारमा रहेकाहरू संविधान मास्न मात्रै लागिपरे

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार ९:९, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।

शनिबार चुनाव प्रचारका क्रममा उनले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका हुन्।

 ‘संसद्को २ कार्यकाल संविधान लेखनमा गयो। बनाउन एक कार्यकाल संविधान जोगााउन लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्‍यो’, उनले भने, ‘विधान अक्षरशः पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत आवश्यक छ।’ 

तीन तहले पूर्ण रूपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको उल्लेख गर्दै यसका लागि कांग्रेसलाई म्यान्डेट दिन समेत आग्रह गरे।

‘तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकार सूचीअनुसार कानुन बनाउन आवश्यक छ’, उनले भने, ‘यसअघि सरकारमा रहेकाहरूलाई कार्यान्वयनको अवसर थियो तर, संविधान मास्न मात्रै लागिपरे। कांग्रेसले त्यो अवसर पाएन। संविधान कार्यान्वयनको सुनिश्चिततासँगै विकासका लागि निर्वाचनमा कांग्रेसलाइ म्यान्डेड दिनु आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .