राजनीति


देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले गराए आयोगको ध्यानाकर्षण

देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले गराए आयोगको ध्यानाकर्षण

फाइल फोटाे/डडेल्धुरामा देउवाकाे स्वागतका लागि माला लिएर उभिएका ढकाल


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार २२:७, काठमाडौँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। 

ढकालले शुक्रबार आयोगलाई पठाएको निवेदनमा देउवाको खर्च अनुगमन गर्न मागसमेत गरेका छन्।

बिहीबार डडेल्धुरामा आयोजित चुनावी सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले ४७ वटा बस प्रयोग गरी ठूलो पैमानामा खर्च गरेको ढकालको जिकीर छ। 

‘मिति २०७९ कार्तिक १७ गते डडेल्धुरा बसपार्कमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभा सम्पन्न भएको छ। उक्त चुनावी आमसभाका लागि जिल्लाका विभिन्न स्थानहरुबाट स्थानीय जनताहरुलाई आउन र फर्किनका लागि ४७ वटा सवारी साधन परिचालन गरिएको छ’ ढकालले आयोगमा बुझाएको पत्रमा भनेका छन्, ‘प्रायः सुनसान हुने होटलहरुमा ह्वात्तै चहलपहल बढेको छ। जिल्लाका विभिन्न चुनावी अभियानका नाउँमा खसी काटेर भोजभतेर समेत गरिँदै छ। साथै हेलिकप्टरको प्रयोग, रिसोर्टको बुकिङ्ग पनि गरिएको छ।’

यसरी यस्ता कार्यक्रमहरु गर्नका लागि निकै ठूलो रकम खर्च भएको र निर्वाचन आचारसंहिता उल्लंघन हुने उनको जिकीर छ। 

प्रधानमन्त्री देउवा यतिबेला गृहजिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा व्यस्त छन्।

ढकाल देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्ररुपमा प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दैछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad