राजनीति


पहिचानको आधारमा एक मात्र ‘मधेश प्रदेश’ बन्नु गौरवको विषय : यादव

पहिचानको आधारमा एक मात्र ‘मधेश प्रदेश’ बन्नु गौरवको विषय : यादव

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार २१:५२, राजविराज

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सात प्रदेशमध्ये एउटा मधेश प्रदेश मात्रै पहिचानका आधारमा बन्नु आफ्ना लागि गौरवको विषय भएको बताएका छन्। 

शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यादवले मधेश विद्रोह लगायतका आन्दोलनहरुको उपलब्धी संस्थागत गर्न अझै संघर्षको आवश्यकतामा रहेकोमा पनि जोड दिए।

‘मधेश विद्रोह लगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो’ सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने, ‘अझै पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ।’

अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफू मधेशलाई आधारभूमी बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए।

संघीयता र गणतन्त्र जस्ता उपलब्धी हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भईरहेको बताए।

सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रुपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्व विद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पुरा भएपछि जिल्लामा विकासले गति लिने दोहोर्याए ।

कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका प्रत्यासी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको उदाहरणीय कामहरुबारे चर्चा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .