ad ad

राजनीति


व्यक्तिको होइन, लोकतन्त्रकै जित हारको निर्वाचन : केसी

व्यक्तिको होइन, लोकतन्त्रकै जित हारको निर्वाचन : केसी

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार २१:४२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको निर्वाचनमा लोकतन्त्रले हार्ने कि जित्ने प्रश्न खडा भएको बताएका छन्। 

शुक्रबार बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखोला गाउँपालिका-८ मा भएको चुनावी कार्यक्रममा बोल्दै केसीले मंसिर ४ को निर्वाचन व्यक्तिको जित हार नभएर लोकतन्त्रको जित हारको निर्वाचन भएको बताए।

गठबन्धनको तर्फबाट बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.१ का उम्मेदवारसमेत रहेका केसीले लोकतन्त्र रक्षाका लागि गठबन्धन गर्नुपरेको जिकीर पनि गरे।

केसीले भने, ‘यो निर्वाचन व्यक्ति विशेषले जित्ने भन्दा पनि लोकतन्त्रले जित्ने कि हार्ने भन्ने भएकोले लोकतन्त्र र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको हो।’

कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति दिपेन्द्र बहादुर थापाले गठबन्धनले स्थायी सरकार र दिगो विकास दिन सक्ने भएकोले गठबन्धनको विकल्प नभएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति तथा गण्डकी प्रदेश पर्यटन उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र कँडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापालगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .