नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनसँग नीति कार्यक्रम नभएको बताएका छन्।
नेकपा एमाले कञ्चनपुरले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन स्वार्थका लागि बनेको आरोप लगाए।
‘गठबन्धनसँग कुनै नीति कार्यक्रम छैन, गन्तव्यविहीन छ, कहाँ पुग्ने?,’ ओलीले भने, ‘गठबन्धन काले काले मिलेर खाउँ भाले जस्तो छ, देशलाई कसरी लुट्ने भनेर लागेका छन्।’
विकास र समृद्धिका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ थियो।
‘एमालेले बहुमतको सरकार बनाउँछ, अनि मात्रै विकासको अभियान चल्छ,’ उनले भने।
36
Shares
प्रतिक्रिया