ad ad

राजनीति


ईपीजीको प्रतिवेदन बुझ्न मोदीले समय दिएनन् : राजन भट्टराई

ईपीजीको प्रतिवेदन बुझ्न मोदीले समय दिएनन् : राजन भट्टराई

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १६:७, काठमाडौँ

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपीजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्।

बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताए।

उनले सन् २०१६ मा गठित ईपीजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताए।

काठमाडाैं निर्वाचन क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका  एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताए। 

उनले भने, ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो। त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ। यद्यपी यो प्रतिवेदन थियो। उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो। यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपथ्र्यो प्रतिवेदन बुझेर त्यो काम भारतिय पक्षबाट भएको छैन। हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कूटनीतिक माध्यमबाट यी विषयहरु उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ। र, नेपालको तर्फबाट हामी त्यो भुमिका खेल्नेछौँ।’ 

उनले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर प्रतिवेदनका कुराहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .