ad ad

राजनीति


एमालेले भन्यो : संसद विघटन बाध्यात्मक कदम थियो

एमालेले भन्यो : संसद विघटन बाध्यात्मक कदम थियो

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:९, काठमाडौँ

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा दुई पटकसम्म भएको संसद विघटन प्रयासलाई बाध्यात्मक भनेको छ।

मंगलबार सार्वजनिक चुनावी घोषणा पत्रमा एमालेले तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू सरकार ढाल्ने खेलमा प्रयोग भएपछि संसद विघटनको बाध्यात्मक कदम चाल्नुपरेको उल्लेख छ।

'उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गटुको हित ठूलो भयो। राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो', घोषणापत्रमा भनिएको छ, 'आन्दोलनका सहयात्रीभन्दा दक्षिणपन्थी शक्ति बढी प्रिय बन्न पुगे। कोभिड महामारीबाट नागरिकको जीवन र जीविका रक्षाका लागि सरकारले कठोर प्रयत्न गरिरहेको बेला यिनै पात्रहरूको योजनामा सरकार ढाल्ने प्रपञ्च गरियो। जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षेकार्यकाल पूरा गर्न नदिने खेल भयो।'

घोषणा पत्रमा महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य भएको पनि उल्लेख गरिएको छ।

'परानो जनादेशको बनावट भत्काइएको अवस्थामा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो', घोषणा पत्रमा भनिएको छ, 'प्राप्त जनादेश खण्डित भइसकेपछि पनुः सार्वभौम जनताको बीचमा जानुर ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वाभाविक एवं लोकतान्त्रिक विधि थियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .