ad ad

राजनीति


कांग्रेसको घोषणापत्र कार्यान्वयन गर्न प्रदीप पौडेलले जित्नैपर्छ : नरहरी आचार्य

कांग्रेसको घोषणापत्र कार्यान्वयन गर्न प्रदीप पौडेलले जित्नैपर्छ : नरहरी आचार्य

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १९:४४, काठमाडौँ

नेपाली कांग्रेसका बौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेलको टीमले मात्र गर्न सक्ने बताएका छन्।

आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने दाबी गरेका हुन्।

‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन्।’ 

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए।

‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीपजीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने। 

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे। त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे। 

‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो। त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ।’ 

साथै, अहिलेसम्म भएका निर्वाचन कांग्रेसकै नेतृत्वले गर्दै आएको पनि उनले स्मरण गरे।

झण्डै ५ वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि जनतामाझ साक्षात्कारका लागि उपस्थित भएका हुन्। कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै खेलाडीको मेहेनतले देशकै गरिमा बढाउने बताए।

‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो,’ उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन्।’ 

कार्यक्रममा काठमाडौं प्रतिनिधि सभा ५ का उम्मेदवार प्रदीप पौडेलले  खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ,’ उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन विधिवत प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता समाजमा स्थापित गर्नु पर्नेछ। त्यो खेलकुदको माध्यमबाट सम्भव छ।’  

टोखामा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रदीपले टोखामा उत्पादन हुने चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै, काठमाडौँ ५ लाई साँस्कृतिक सहर निर्माण गर्न सुक्ष्म अध्ययन गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .