राजनीति


नवलपरासी पश्चिममा सात जना बागीलाई गठबन्धनको कारवाही

नवलपरासी पश्चिममा सात जना बागीलाई गठबन्धनको कारवाही

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १७:४२, काठमाडौँ

नवलपरासी पश्चिममा पाँचदलीय गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका सात जना नेता कारबाहीमा परेका छन्।

आइतबार बसेको गठबन्धन दलहरुको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का तीन, नेपाली कांग्रेसका दुई र एकीकृत समाजवादीका दुई जना गरी सात जनालाई कारबाही गर्ने निर्णय गरेको हो।

कारबाहीमा पर्नेहरुमा प्रतिनिधी सभा १ सिता वौडेल (माओवादी केन्द्र), प्रदेश सभा १ (क) कृष्ण प्रसाद ढुंगाना (कांग्रेस), टंक खनाल (एकीकृत समाजवादी), चन्द्रकान्त ढकाल (माओवादी केन्द्र) रहेका छन्। 

यस्तै, प्रदेश सभा १ (ख) मा उम्मेदवारी दिएका देवकरण प्रसाद कलवार (सन्तु) (नेपाली कांग्रेस), प्रदेश सभा २ (क) प्रकाश भट्टराई (एकीकृत समाजवादी), र खडक बस्नेत (माओवादी केन्द्र) रहेका छन्।

नवलपरासी पश्चिममा गठबन्धनका उम्मेदवारहरुमा प्रतिनिधी सभा १ मा कांग्रेसका विनोद चौधरी, प्रदेश सभा क मा कांग्रेसकै विश्व प्रेम पाठक र प्रदेश सभा ख मा माओवादी केन्द्रका रामानन्द यादव रहेका छन्।

यस्तै, प्रतिनिधी सभा २ मा कांग्रेसका देवेन्द्रराज कँडेल, प्रदेश सभा क मा माओवादी केन्द्रका चिनक कुर्मी र ख कांग्रेसका बैजनाथ कलवार साझा उम्मेदवार हुन्।

जिल्लास्तरीय चार दलद्वारा जारी विज्ञप्तिमा गठबन्धनका साझा उम्मदेवारहरुविरुद्ध एकल तथा वागी उम्मेदवारलाई कात्तिक १४ गते ५ बजेसम्म उम्मेदवारी निष्क्रिय गर्न लगाउने र उक्त कार्य नगर्ने उम्मेदवार साथै उम्मेदवारको प्रस्तावक र समर्थक समेतलाई सम्बन्धित पार्टीको विधान अनुसार कारबाहीही गर्ने निर्णय भएको जनाइएको छ।

विज्ञप्तिमा कांग्रेस जिल्ला सभापति अर्जुन कुमार पोखरेल, माओवादीका जिल्ला इन्चार्ज घनश्याम यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यज्ञ प्रसाद खनाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .