राजनीति


६० वर्ष पुगेँ, प्रत्यक्षतर्फ यो मेरो अन्तिम उम्मेदवारी हो : पम्फा भुसाल

६० वर्ष पुगेँ, प्रत्यक्षतर्फ यो मेरो अन्तिम उम्मेदवारी हो : पम्फा भुसाल

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १६:५७, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ अन्तिम पटक चुनाव लडिरहेको बताएकी छन्।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले आफूले निर्वाचन नलड्ने बताइन्।

‘म ६० वर्ष पुगेँ। १६ वर्ष हुँदा म ललितपुर आएको हुँ। ४४ वर्ष भयो यहाँ बसेको। म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ। अब अर्को संसद् आउने बेलासम्म म ६५ वर्ष पुग्छु,’ उनले भनिन्, ‘अरु कुनै कारणले होइन, म चाँहिँ अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्दिनँ,’ उनले भनिन्।

उनले थपिन्, ‘अब मभन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भने पनि हुन्छ। राष्ट्रिय सभा पनि छ। अरु राजनीतिक मोर्चाहरु पनि छन्। पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु। अब मलाई अर्को चोटि उठने रहर छैन। यो अन्तिम चोटि हो प्रत्यक्षमा।’

मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .