ad ad

राजनीति


दल र नेताबारे लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन

दल र नेताबारे लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १८:१५, काठमाडौँ

निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र नेतहरूबारे लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन निर्देशन दिएको छ। 

मंगलबार सूचना प्रकाशित गरी आयोगले ‘नो नट अगेन’ नामका तीनवटा फेसबुक पेजले राजनीतिक दल, नेता तथा उम्मेदवारहरुमाथि लाञ्छनापुर्ण अभिव्यक्ति तथा भ्रामक श्रव्य दृश्य सामग्री प्रकाशन गरेका भन्दै तत्काल हटाउन निर्देशन दिएको हो।

झुठ फेसबुक पेज/ग्रुपहरु सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको आयोगको भनाई छ।

‘उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेजरग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ’ आयोगले भनेको छ, ‘साथै, उक्त फेसबुक पेजरग्रुपहरु तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .