राजनीति


यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको होइन : देउवा

यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको होइन : देउवा

सत्ता गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा।


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १४:३६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धन आफूलाई प्रधानमन्त्री बनाउनका लागि नबनेको बताएका छन्। 

सत्ता गठबन्धनले सोमबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धनको महत्व र अपरिहार्यताबारे व्याख्या गरेका हुन्। 

‘यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन्। अहिलेको आवश्यक्ता हो,’ देउवाले भने, ‘मुलुकको आवश्यक्ता हो। यो गठबन्धनको अपरिहार्यता हिजो पनि थियो, छ र रहनेछ।’

उनले भोलिका दिनमा सबै दलहरुले गठबन्धनलाई समर्थन र साथ दिएर अघि बढ्ने विश्वास व्यक्त गरे।

‘हामी महत्वपूर्ण मोडमा आएका छौं। अहिले गठबन्धन के का लागि? भन्ने कुरा माओवादी अध्यक्ष प्रचण्डले भनिसक्नुभएको छ,’ प्रचण्डले भने, ‘धेरै ठूलो लडाईंपछि प्राप्त भएको लोकतन्त्र, समावेशीतालाई रक्षा गर्नका लागि बनेको हो। समावेशी संविधान छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad