ad ad

राजनीति


ओली भन्छन् : बालुवाटारमा चाहिँ हाम्रो भेट मंसिरपछि हुन्छ

ओली भन्छन् : बालुवाटारमा चाहिँ हाम्रो भेट मंसिरपछि हुन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १२:५९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग गरेको टेलिफोन संवादको भिडिओ उनको सचिवालयले क्रमश: सार्वजनिक गरिरहेको छ।

उनीसँग टेलिफोन संवाद गर्न चाहने दुई लाखभन्दा धेरैमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।

पछिल्लो पटक एकजना सर्वसाधारण सुशील गौतमसँग भएको टेलिफोन संवाद सार्वजनिक गरिएको छ। 

टेलिफोन संवादका क्रममा गौतमले ओलीसँग भेट्न चाहेका छन्। उनले सोध्छन्, 'तपाईंलाई कहाँ भेट्न सकिन्छ?', ओली भन्छन्, 'केन्द्रीय कार्यालयमा आए हुन्छ, बालकोटमा आए भेट हुन्छ।'

त्यसपछि सुशीले फेरि सोध्छन्, 'बालुवाटारमा आउँदा भेट्न सकिएला?', ओली जवाफमा भन्छन्, 'त्यहा चाहिँ अलिक पछि (मंसिर ४ पछि), आए हुन्छ।'

‌ओलीले यसअघि सामाजिक सञ्जालमार्फत आफूसँग कुरा गर्न चाहनेलाई आह्वान गरेका थिए। मंसिर ४ को चुनावलाई लक्षित गरी अरु दलभन्दा फरक प्रचार रणनीतिसहित उनले सर्वसाधारणसँग संवाद गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .