ad ad

राजनीति


महोत्तरी १ मा सत्तारुढ गठबन्धनले बनायो संयुक्त निर्वाचन परिचालन समिति

महोत्तरी १ मा सत्तारुढ गठबन्धनले बनायो संयुक्त निर्वाचन परिचालन समिति

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १०:१०, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनले महोत्तरी १ मा ५५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

आइतबार बर्दिबासमा बसेको पाँच दलको बैठकले सबै दलबाट ११/११  जना सदस्य रहने गरी माओवादी केन्द्रका नेता दीपबहादुर योञ्जनको संयोजकत्वमा ५५ सदस्यीय निर्वाचन परिचालन मूल कमिटी गठन गरेको हो। 

महोत्तरी १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केद्रका नेता गिरीराजमणि पोखरेल संघीय संसदको उम्मेदवार छन्। एमाले–जसपा गठबन्धनबाट यो क्षेत्रमा एमालेका लक्ष्मी महतो प्रतिस्पर्धामा छन्। स्वतन्त्रबाट यो क्षेत्रमा पोषण थापा उम्मेदवार छन्।

बैठकले गठबन्धनमा सहभागी दलहरुको तर्फबाट निर्वाचन सम्बन्धी कार्ययोजना बनाउन प्रत्येक दलहरुबाट ३/३ जना सदस्य रहेको कार्यदल पनि गठन गरेको छ। 

उक्त कार्यदलले संघ र प्रदेशको चुनाव सम्बन्धी कार्ययोजना तयार गरी आगामी बैठकमा पेश गर्ने समझदारी भएको कार्यदलका संयोजक दीपबहादुर योञ्जनले जानकारी दिए।

कार्यदलमा महेशकुमार झा, राधेश्याम भगत, लक्ष्मण यादव, परमेश्वर महतो, बिदुर कुमार कार्की, काशी महतो, दिनेश यादव, अरुणकुमार सिंह, तेजप्रसाद अधिकारी, गणेश जर्घा, शमशेर जर्घा मगर, रामनरेश महतो र देवनारायण महतो सदस्य छन्। 

महोत्तरी १ को ‘क’मा पाँच दलिय गठबन्धनले अझै आफ्नो उम्मेदवार टुंग्याउन सकेको छैन। यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका सुरेशबहादुर राउत र लोसपाबाट पीताम्बर महतोले उम्मेदवारी दर्ता गरेका छन्। 

प्रदेश सभा ‘ख’ मा माओवादी नेता भरत साह गठबन्धनका उम्मेदवार छन्। यो क्षेत्रमा माओवादीबाटै विष्णु लामाले साहविरुद्ध बागी उम्मेदवारी दिएका छन्। 

प्रदेशसभा ‘क’ मा पनि माओवादी नेता राजन ढुंगानाको बागी उम्मेदवारी परेको छ। लामा र ढुंगानाको उम्मेदवारी निस्क्रिय बनाउन माओवादीले पहल गरिरहेको छ। 

प्रदेश सभा ‘क’ मा गठबन्धन दलको जिल्ला तहले आधिकारिक उम्मेदवार टुंग्याउन नसके पनि जिल्ला नेताहरुले केन्द्रलाई गुहारेका छन्। केन्द्रले अझै पार्टीको आधिकारिक उम्मेदवार टुंग्याउन नसक्दा गठबन्धनमा अन्योल बढेको एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .