ad ad

राजनीति


एमाले उम्मेदवार भगवती चौधरीलाई आयोगको २४ घण्टे स्पष्टीकरण

एमाले उम्मेदवार भगवती चौधरीलाई आयोगको २४ घण्टे स्पष्टीकरण

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार २०:५७, काठमाडौँ

निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट सुनसरी जिल्ला क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ। 

इटहरी उपमहानगरपालिका वडा नं. १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा एक अनलाइनमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो।

पत्रमा ‘निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सन्दर्भमा तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनुभएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न’ निर्देशन दिइएको छ।

स्पष्टीकरण पत्रमा ‘निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिईएको धम्कीपूर्ण तथा हिंसाउद्यत गराउने अभिव्यक्ति तपाईंले नै दिएको होइन भन्ने आधार र कारण के छ? साथै तपाईंले सार्वजनिक मञ्चमा दिनु भएको भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) र सोही ऐनको दफा १३ को उपदफा (१) को खण्ड (फ) को उल्लंघन हुन गएकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४( बमोजिमको कारबाही किन हुनु नपर्ने हो? स्पष्ट पार्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .