ad ad

राजनीति


कांग्रेसले चुनावी घोषणापत्र भोलि मात्रै सार्वजनिक गर्ने

कांग्रेसले चुनावी घोषणापत्र भोलि मात्रै सार्वजनिक गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १७:१७, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै तयार पारेको घोषणापत्र सोमबार बिहान मात्रै सार्वजनिक गर्ने भएको छ।

उक्त घोषणा पत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच सोमबार बिहान साढे १० बजे सार्वजनिक गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

उक्त घोषणापत्र प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सोमबार बिहान साढे १० जते पार्टी कार्यालय सानेपाबाट सार्वजनिक गर्ने पौडेले बताएका छन्।

आइतवार नै सार्वजनिक गर्ने तयारी भए पनि देउवा गठबन्धनको कार्यकर्ता भेलामा सहभागी भएर धनगढी र सुर्खेतबाट फर्किँदा ढिला भएपछि सोमबारलाई सारिएको हो। 

घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगन थापासहितका नेताहरु पनि सहभागी हुनेछन्। 

घोषणापत्र मस्यौदा समितिका संयोजक एवम् अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ को चुनावी अभियानमा छन्। 

शर्मा संयोजक रहेको कांग्रेसको घोषणा पत्र तयारी समितिले २ वटा उपसमिति गठन गरेर काम गरेको थियो। 

समितिले अध्ययन र विश्लेषण उपसमिति र प्रारम्भिक मस्यौदा उपसमिति गठन गरेको थियो। 

समितिले स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमिति पनि गठन गरेको थियो।  

उपसमितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रीति मण्डल सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .