राजनीति


रामचन्द्रले कर्णालीका कांग्रेस कार्यकर्तालाई भने : अब हँसिया हथौडादेखि नडराउनू

रामचन्द्रले कर्णालीका कांग्रेस कार्यकर्तालाई भने : अब हँसिया हथौडादेखि नडराउनू

सुर्खेतमा आयोजित गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा रामचन्द्र पौडेल। तस्बिर : दिनेश बुढा/नेपालखबर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १५:२१, सु्र्खेत

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्णालीमा नेपाली कांग्रेसका नेता–कर्याकर्तालाई अब हसिँया हथौडादेखि नडराउन आग्रह गरेका छन्। 

सत्ता गठबन्धन दलले आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गरेको चुनाव लक्षित संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वरिष्ठ नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए। 

‘हाम्रो यो अभियान गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधान जोगाउने नै हो', उनले भने, 'त्यसैले यो वा त्यो दलका उम्मेदवार नभनेर आफ्नै उम्मेदवार भनेर भोट हाल्नु होला।’

पौडेलले कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिह्न हसिँया हथौडासँग नतर्सिनसमेत आग्रह गरे। 

‘माओवादीको चुनाव चिह्नबाट कोही पनि नडराउनु होला। गिरिजाप्रसाद कोरइलालेदेखिको अभियान लिएर अगाडि बढेका छौँ', उनले भने, 'यतिबेला लोकतन्त्रको रक्षा अभियान छौँ।। हामीले लोकतान्त्रिक उन्नतितर्फ अगाडि बढाउने बाटो खोजेका छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .