ग्लोबल


चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरोमा एकजना महिला परेनन्

चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरोमा एकजना महिला परेनन्

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १५:२८, काठमाडौँ

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा यो पटक कुनै महिला छानिएन्। 

पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका हुन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान थिइन्। तर उनी यसपटक अवकासमा गएपछि कुनै पनि महिला पोलिटब्युरोमा समेटिएनन्। 

यसैबीच सी चिनफिङ अर्को कार्यकालका लागि पति चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिनुएका छन्। 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएका हुन्। 

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्य सहभागी थिए। 

एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad