नेकपा एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न खोज्दा नेता घनश्याम भुसाल आफैं पाखा लागेको बताएका छन्।
बुटवलमा सत्ता गठबन्धनद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
सम्बोधनको अधिकांश समय ओली र एमालेविरुद्ध तितो पोख्न खर्चिएका नेपालले मञ्चमै बसेका नेता भुसालमाथि पनि कटाक्ष गर्न भ्याए।
एमालेले टिकट नदिएपछि स्वतन्त्र भएर उठेका भुसाललाई अहिले रुपन्देही १ मा सत्ता गठबन्धनलले सघाएको छ।
‘उहाँ (घनश्याम भुसाल) ले केपी ओलीलाई धुन्छु भन्नु भएको थियो, तर ओलीलाई साबुन पानीले धुँदाधुँदै आफैं पाखा लाग्नु पर्यो', उनले भने, 'मैले पहिले नै भनेको थिएँ, ओली कहिल्यै सुध्रिनेवाला छैनन्।’
255
Shares
प्रतिक्रिया