राजनीति


पोखरा र बुटवलमा आज सत्ता गठबन्धनको संयुक्त भेला, अरू प्रदेशमा कहिले?

पोखरा र बुटवलमा आज सत्ता गठबन्धनको संयुक्त भेला, अरू प्रदेशमा कहिले?

फाइल।


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ७:४७, काठमाडौँ

सत्ता गठबन्धनले आजबाट प्रदेशगत संयुक्त भेला सुुरू गर्दैछ। आसन्न निर्वाचनलाई लक्षित गरेर गठबन्धनका दलहरूले संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय गरेको थियो। 

सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कार्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ। 

गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको जनाएको छ। 

गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने जनाएको छ। 

गण्डकीको पोखरामा आयोजित भेला ११ बजे सुरु हुने र लुम्बिनीको बुटवलमा हुने भेला दिउँसो २ बजेबाट सुरु हुने कार्यतालिका तय भएको छ। 

कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने छ। 

सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कार्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .