नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम टिपाएका छन्। शुक्रबार ओलीसँग संवादका लागि बिहीबार (आज) १२ बजेसम्मका लागि नाम टिपाउन अनुरोध गरिएको थियो।
‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ,’ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भनेका छन्, ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ।’
बिहीबार कुराकानी हुने जनाउँदै उनले प्रश्न गरेका छन्, ‘हामी तयार छौं नि?’
135
Shares

प्रतिक्रिया