राजनीति


सत्ता गठबन्धनले आज ललितपुरमा प्रशिक्षण गर्दै, देउवा–प्रचण्ड र नेपालले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आज ललितपुरमा प्रशिक्षण गर्दै, देउवा–प्रचण्ड र नेपालले सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ९:२५, काठमाडौँ

सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज (१ कात्तिक) ललितपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै छन्। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनेको निर्वाचन परिचालन एवं प्रचारप्रसार अभियान अन्तर्गत आजको कार्यक्रम आयोजना भएको हो। आजको कार्यक्रममा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्। 

गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्न लाग्नुभएको हो । कार्यक्रमलाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ। 

महालक्ष्मीस्थानस्थित पार्टी प्यालेसमा दिउँसो १२स्१५ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र ललितपुरले जनाएको छ। 

एमालेविरुद्ध मोर्चाबन्दी गरेर बनेको पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। भने लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ। 

संसदीय निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयुक्त प्रशिक्षण एवम् चुनावी सभा गर्ने कार्यतालिका बनाएको छ। कार्यक्रममा सत्ता गठबन्धनआबद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्।

यसअघि ३० असोजमा काठमाडौं क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणामा नेताहरु भेला भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad