ad ad

राजनीति


‘निर्वाचनपछि गठबन्धनले कांग्रेस नेतृत्व सहर्ष स्वीकार गर्छ’

‘निर्वाचनपछि गठबन्धनले कांग्रेस नेतृत्व सहर्ष स्वीकार गर्छ’

नेपालखबर
असोज ३१, २०७९ सोमबार १७:१५, काठमाडौँ

नेपाली कांग्रेसले आगामी मंसिर पछि गठन हुने सरकारका लागि सत्ता गठबन्धनका दलहरुले आफ्नो पार्टीको नेतृत्वलाई सहर्ष स्वीकार गर्ने दाबी गरेको छ।

मंसिर ४ मा हुन गइरहेको निर्वाचनको तयारीका बारेमा जानकारी दिन सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले यस्तो दाबी गरेका हुन्। 

‘यिनै मूल्य र मान्यता स्थापित गर्न आउने निर्वाचनमा हामी जाँदैछौं,’ कांग्रेसले आगामी दिनमा गर्ने कामहरुका बारेमा ‘ब्रिफिङ’ गर्दै उनले भने, ‘जनताले कांग्रेसलाई विश्वास गर्ने छन् र गठबन्धनले कांग्रेसको नेतृत्वलाई सहर्ष स्वीकार गर्ने छन् भन्ने कुरामा हामी विश्वस्त छौं।’ 

उनले कांग्रेसको आगामी परराष्ट्र नीति नेपालको स्वार्थ र आवश्यकता केन्द्रित हुने पनि बताए। नेपालको स्वार्थ केन्द्रित र आवश्यकता केन्द्रितभन्दा विपरित परराष्ट्र नीति नहुने महतको भनाइ थियो। 

‘हाम्रो अवको विदेश नीति भनेको नेपालको स्वार्थ केन्द्रीत, नेपालको आवश्यकता केन्द्रीत हुनेछ। त्योभन्दा अरु कुनै पनि आधारमा हाम्रो विदेश नीति सञ्चालन हुँदैन,’ उनले भने, ‘नेपालकै आवश्यकता र स्वार्थ कसरी हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन गर्न सम्भव छ त्यसमा हामी केन्द्रित भएर अगाडि बढ्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .