राजनीति


ओलीका अगाडि देउवा ‘भेलु बाजे’जस्तै : महेश बस्नेत

ओलीका अगाडि देउवा ‘भेलु बाजे’जस्तै : महेश बस्नेत

नेपालखबर
असोज ३१, २०७९ सोमबार १३:१, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनले अझैसम्म भावि प्रधानमन्त्रीको तय गर्न नसकेको टिप्पणी गरेका छन्। 

रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि शेरबहादुर देउवा ‘भेलु बाजे’ जस्तो भएको तुलना गरे। 

‘हामीले यसपालि केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सारेका छौं। गठबन्धनले अहिलेसम्म को भावि प्रधानमन्त्री भन्ने भन्न सकेको छैन्,’ बस्नेतले भने। 

साथै, उनले अहिल गठबन्धनको भावि प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नै भएको टिप्पणी हुन थालेको सुनाए। ‘शेरबहादुर जी नै भावि प्रधानमन्त्री भनेर मानिसहरुले टिप्पणी गर्न थालेका छन्। हाँस्य क्षेत्रका साथीहरु के भन्न थालेका छन् भने केपी ओलीको अगाडि शेरबहादुर देउवा त भेलुबाजे जस्तै हो,’ बस्नेतले भने, ‘भेलुबाजेजस्तो प्रधानमन्त्री यो मुलुकले कतिचोटी खेप्ने?’

वर्तमान गठबन्धन सरकारले सिन्को समेत नभाँचेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad