ad ad

राजनीति


विनोद चौधरी भन्छन्– मलाई जिताउनुस्, मेरो धरातलमा जनतालाई उभ्याउँछु

विनोद चौधरी भन्छन्– मलाई जिताउनुस्, मेरो धरातलमा जनतालाई उभ्याउँछु

नेपालखबर
असोज ३१, २०७९ सोमबार ११:४, काठमाडौँ

नेपालका एकमात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले आसन्न निर्वाचन जिते जनतालाई पनि आफ्नै धरातलमा उभ्याउने बताएका छन्। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम–१) का मतदातासँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उनले निर्वाचन जिते जनतालाई पनि आफ्नै धरातलमा उभ्याउने बताएका हुन्।

‘टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ, विकास र समृद्धिको बतास देश भर बहाउनु छ,’ फेसबुकमा चौधरीले कवितत्मक शैलीमा भनेका छन्, ‘आज म जुन धरातलमा उभिएको छु उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभ्याउनु छ।’ 

जिन्दगीको कालखण्डमा आफूले देखेका, भोगेका र हाँसिल गरेका उपलब्धिहरु सजिला नभएको स्मरण गर्दै उनले दिन–रातको मेहनत, लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरेको उल्लेख गरेका छन्। 

चौधरीले आफू देशको ऋणी बन्न पुगेको भन्दै पिएको पानीको मल्य चुकाउन बाँकी रहेको पनि बताएका छन्। ‘जुन देशको पानी पिँए, जुन देशको माटोमा टेकेर म उभिँए, जुन देशको शितल हावा पिएर म बाचेँ,’ उनले लेखेका छन्, ‘आज म त्यहीँ देशको ऋणी बन्न पुगेको छु, पिँएको पानीको मूल्य चुकाउनु छ।’

कांग्रेस केन्द्रीय सदस्य चौधरीसँग नवलपरासी (बर्दघाट सुस्ता पश्चिम–१) मा जनता प्रगतिशिल पार्टी, नेपालका ह्रदयेश त्रिपाठी प्रतिस्पर्धामा उत्रिएका छन्। उनलाई नेकपा एमालेले समर्थन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .